नियम ३५
संयुक्त समितिको कार्यविधि र अधिकार
(१) संयुक्त समितिको कार्यसञ्चालनको लागि प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिमको प्रक्रियालाई सभामुखले आवश्यकता अनुसार लागू गर्न निर्देशन दिन सक्नेछ । (२) प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम गठित समितिलाई भएको सबै अधिकार संयुक्त समितिले आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछ । (३) यस परिच्छेद बमोजिमको संयुक्त समितिलाई सुम्पिएका कार्य समाप्त भएपछि संयुक्त समिति स्वतः विघटन भएको मानिनेछ ।